सम्बृद्धीका लागि महाकुलुङका श्रोतहरु

देश वा ठाँउ कसरी सम्बृद्धि हुन्छ रु दक्षिण कोरिया, सिंगापुर, मलेशिया, कतार जस्ता देशहरुले गरिबीको चेपेटाबाट एक दशकमै कसरी सम्बृद्वि हाशिल गरे रु यसको एउटै मात्र जवाफ हो उनीहरुले आफुसंग भएको श्रोत पत्ता लगाए र त्यसको सही परिचालन गरे । आजभन्दा ४० वर्ष अघि चीनमा ९३ करोड गरिब जनता र प्रयोग गर्न बाँकी प्राकृतिक श्रोत साधनहरु बाहेक अरु केही पनि थिएन । मानौं त्यतीबेला चीन हालको नेपाल जस्तै थियो । जब १९७६ मा चीनिया नेता देङले पुँजीको विकास गरेर मात्र समाजवाद लागू गर्न सकिन्छ भन्ने मान्यताका साथ पँजीवादी अर्थब्यवस्था परिवर्तन गरे, पश्चिमा करोडपतिहरु सस्तो मुल्यमा चिनिया श्रमिकलाई काम गराएर त्यहाँको प्राकृतिक श्रोतको परिचालन गर्न चीनमा आफ्ना पुँजी लिएर लगानी गर्न आए । यसको फलस्वरुप सरकारले उनीहरुबाट कर र जनताले रोजगारी पाए, आज चीन अर्थतन्त्रमा संसारलाई चुनौटी दिने अवस्थामा छ । जब कतार, मलेशिया लगायतका खाडी मुलुकका जनताले आफ्नो देशमा केही छैन तर एउटा तेल रहेछ भन्ने कुरा पत्ता लगाए उनीहरुले मरुभुमीको बलौटे ठाँउमा उक्त तेलको उत्खनन् गरेर सम्बृद्वि हाशिल गरे । यो देशका मामलामा मात्र होइन, गाँउ ठाँउको मामलामा पनि उत्तिकै रुपमा लागु हुन्छ । यसै सन्दर्भमा सम्बृद्वि हाशिल गर्न सोलुखुम्बुमा हालै प्रस्तावित महाकुलुङ ९बुङ,छेस्काम र गुदेल० गाँउपालिकाको स्थानीय श्रोत साधनहरु बारे चर्चा गरिएको छ ।  
 
१। जमिन 
सोलुखुम्बुमा महाकुलुङको पहिलो चर्चा दुर्गमसंग जोडेर गरिन्छ । भौगोलिक हिसाबले हेर्दा यो ठिकै पनि हो, किनभने यसको उत्तर, पूर्ब र दक्षिणतिर नजिकमा अर्को बस्ती छैन । बस्ती नभएका ती ठाँउहरुमा फराकिला खाली वा केही जंगल सहितका प्रशस्त जमिनहरु भने छन् । यस अर्थमा महाकुलुङलाई दुर्गम भन्नेहरुको छेउछाउ अरु बस्ती होलान् तर हाम्रोमा खाली जमिनहरु छन् । कुना र सेन्टरको फरक पनि यतीले गरेको हो । सेन्टरमा हुनेहरु होटल थाप्छन्, त्यो उनीहरुको सम्पत्ती भयो तर कुनामा हुनेले उक्त फराकिलो जमिनको सदुपयोग गरेर अर्थिक सम्बृद्वि हाशिल गर्न सकिन्छ र गर्नुपर्छ । यस अर्थमा महाकुलुङको पहिलो श्रोत कुनामा हुनुको नाताले जमिन हो । जमिनको प्रयोगले मात्र महाकुलुङमा सम्बृद्वि हाशिल हुन्छ । 
 
यो प्रस्तावित गाँउपालिका करिब ८ सय मिटरदेखि ७ हजार मिटर माथीसम्म फैलिएको भए पनि यसको मुख्य क्षेत्र भने १ हजारदेखि २ हजार ६ सय मिटरसम्म फैलिएको छ । खासगरी गुदेलका अधिकांश तथा बुङ, छेस्कामका तल्लो चिस्यान क्षेत्रहरुमा अलैचीको ठुलो सम्भावना छ भने बोक्सिवार, खिराउले, सानाम र मार्मेकु क्षेत्रमा चिराईटो, टिम्बुर, लोक्ता र सतुवाको ठुलो सम्भावना रहेको छ । त्यस्तै पेल्माङ, छेम्सी, सात्दी र पेलेम्ला क्षेत्रमा अम्रिसो, बास, उत्तिस लगायत विभिन्न डाँलेघाँसहरु रोप्ने ठाँउहरु प्रशस्त छन् भने खार्दो, खिराउले, पोपेलु र बुर क्षेत्रमा मालिंगो, खर, कटुस लगायतका विभिन्न रुखहरु काँठको लागी रोप्ने प्रशस्त ठाँउहरु छन् । जे होस् स्थानीय कृषक र सामुदायिक बन समितिहरुसंग राम्रो समन्वयन गरेर कुन ठाँउमा के के उर्मान सकिन्छ भन्ने कुराको सर्वेक्षण गरी बिरुवा उमार्ने हो भने महाकुलुङका तीन गाँउहरुमा करिब ६० लाख देखि एक करोडसम्म बिरुवा लगाउने ठाँउहरु छन् । नेपालको इलाम जिल्लाबाट सिकेर महाकुलुङले उक्त परिणामको बिरुवाहरु तत्काल रोप्ने हो भने यो गाँउले ५ देखि १० वर्षभित्र अपत्यारिलो हिसाबले आर्थिक विकासमा काँचुली फेर्नेछ ।
 
२।पर्यटन 
जमिनपछि महाकुलुङको दोस्रो श्रोत पर्यटन हो । मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र पर्ने यो गाँउका जंगलहरुमा विभिन्न जंगली जनावरहरु छन् भने बुङको इङ्खु उपत्यका र छेस्कामको सेतीपोखरी उपत्यकाभित्र केही चर्चित हिमालहरु पनि रहेका छन् । उक्त दुई उपत्यकाहरु प्रवेश गर्ने पदमार्गहरुलाई स्तरोन्नती गरेर पर्यटनबाट यो गाँउले फाईदा लिन सक्छ । ग्रामिण पर्यटन पदमार्गहरु अन्र्तगत पहिलो तुम्लिङतार केन्पा, छेस्कामहुदै लुक्ला, दोस्रो तुम्लिङतार साल्पा, गुदेल, बुङहुदै लुक्ला तथा तेस्रो फाप्लु सोताङ, बुङहुदै तुम्लिङतार वा लुक्लासम्मको पदमार्गहरुको स्तरोन्नती गर्न सकिन्छ । हिमाली पदमार्गहरुमा पहिलो, लामिडाँडा, गुदेल, मार्मेकु, केन्पा हुदै सेतीपोखरी, दोस्रो लामीडाँडा गुदेल छेस्काम वा फाप्लु बुङ, छेस्काम हुदै मुद्वि, खोङमाडिङमा सेतीपोखरीसम्मको पदमार्गहरु विकास गर्न सकिन्छ भने तेस्रो हिमाली पदमार्गको रुपमा फाप्लु, बुङ, खिराउले, छाराखर, हुर्हुरे हुदै कोठे नौलेखसम्म स्तरोन्तनी तथा प्रर्बद्धन गर्न सकिन्छ । यी सबै पदमार्गहरुलाई सबै पर्यटकको सहज पहँच पु¥याउन हाल निर्माणाधिन गुदेल हवाई मैदानलाई सिघ्र निर्माण गरिनुपर्छ । 
 
३। पानी
महाकुलुङको तेस्रो श्रोत पानी हो । यहाँ फुलवात्ती, भुवा, भुदुम, कोङखो, बेजो, मुद्वी र तम्खो गरी करिब सात वटासम्म एक सय किलोवाटसम्मको हाईड्रो पावरबाट बिजुली निकाल्न सकिने खोलाहरु छन् । यी खोलाहरु खानेपानीका दिगो श्रोतहरु पनि हुन् । यसबाहेक हुंगाखोलाबाट ठुलो परिणामको बिद्युत निकाल्न पनि सकिन्छ भने भविष्यमा यातायातको विकाससंगै यी हिमनदीहरुबाट मिनरल पानी उत्पादन गर्न सकिन्छ ।
 
तेस्रो श्रोतको रुपमा रहेको पानीलाई खानेपानी बाहेक बिद्युत निकाल्न र मिनरल पानीको रुपमा बाहिर बेच्नको लागी यातायात तथा विद्युत प्रशारण लाईनको विकास, प्राविधी, दक्ष जनशक्ती तथा लगानीको लागी ठुलो पुँजीको आवश्यकता हुन्छ । त्यसकारण पानीको परिचालन गर्न बाहिरी लगानीकर्ता, प्रविधी र विकासलाई समेत पर्खनुपर्ने हुन्छ । दोस्रो श्रोतको रुपमा रहेको पर्यटनको विकास पनि धेरथोर पुँजी र प्राविधिक जनशक्तीसंग जोडिएको विषय हो तर पहिलो श्रोतको रुपमा रहेको अति महत्वपुर्ण जमिनको परिचालन स्थानीय श्रोत, ज्ञान, प्रविधी र जनशक्तिले नै पुग्ने भएकोले तत्काल यस विषयमा प्रवेश गरिहाल्न ढिला गर्नु हुदैन । यसको लागी विकासमा भिजन स्पष्ट भएको नेतृत्व चयन पहिलो शर्त हो र आगामी स्थानीय चुनावमा महाकुलुङबासी यस कार्यमा चुक्नु हुदैन । 
 
प्रत्येक जनता स्थानीय श्रोतको परिचालनले धनी भएपछि मात्र अस्पताल, कलेज, खानेपानी, यातायात लगायतका विकास टिक्न सक्छ । नत्र एउटा रोगको अप्रेसन गरेर तीस हजार रुपैया तिर्न नसक्ने जनताको बीचमा एउटा डाक्टरलाई मासिक ढेड लाख रुपैया तलब दिएर कसरी अस्पताल टिक्ला रु वा केन्द्र सरकारले पैसा तिरिदिएर महाकुलुङमा अस्पताल वा कलेज खुल्छ भनेर कहिलेसम्म कुर्ने रु त्यसकारण विकासको पहिलो शर्त स्थानीयको आयआर्जन हो । स्थानीय आयआर्जनको पहिलो शर्त स्थानीय श्रोत परिचालन हो । अब यस विषयमा अल्मलिनु हुदैन ।   

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार