के छ चुला निर्माणको मिथक र महत्व ?

तुम्नोले भाञ्जी ९शिसमतिम० बिहा गर्यो र गर्भ बस्यो । तर गर्भमा रहेको नानीहरु ९बुममेल्वाचाउ, चुविमाचाउ, उङताइमाचाउ० समय नपुगी गर्भ तुह्यो । यसक्रममा होलेन्दाको जन्म भयो तर कम्जोर थियो । उसलाई उपचार गर्न ९बचाउन० नोक्छोको खोजी भयो । छेकुलिमदुछे भन्ने आफै उत्रेको ९भुइफुट्टे० नोक्छो थियो । उसले जोखना हेरेर चुला चाहिन्छ र चुलालाई पुज्नुपर्छ, नागी गर्नुपर्छ भन्यो । सोही अनुसार तिनवटा ढुंगा ९लुङ० को चुला स्थापना गरिएको हो भन्ने भनाई छ । चुलामा प्रयोग भएको तिनवटा ढुंगाहरुलाई पाखालुङ९क०, माखालुङ९ख०, सामवेलुङ९ग० भनिन्छ । ती तीनवटा ढुंगाको चुलो तिन पूर्खाहरुले गाडेका थिए, जसमा स्
 
क० पाखालुङ स् ओसेछापले गाड्यो
ख० माखालुङ स् फोपा तुम्नोले गाड्यो
ग० साम्वेलुङ स् छेकुलिप मोदुछे धामीले गाड्यो र धामीले पाखालुङबाट सेकुरी बाहुरी मनसायो । ङावुरोङ ९कुनै चीज०, आरी या झ्याम्टा खेचि दान गर्यो र त्यसपछि होलेन्दो निको भयो ।
 
किरात कुलुङहरुको चुलामा प्रयोग भएको तिन ढुंगाको अर्थ निम्नानुसार रहेको छ स्
क० पाखालुङरपाखोलुङ स् पापा ९बुबा० अथवा फोपा ९पुर्खा० लाई जनाउंदछ । उनीहरुको स्मरण, सम्मानका लागि उनीहरुको नाममा स्थापना गरिएको हुन्छ । पुजाआजामा उनीहरुलाई स्मरण गरिन्छ । जसले नयां पिडिका लागि योगदान पुर्याएका थिए । उनीहरुको स्मरणले हौसला, आत्मबल प्रदान गर्ने गर्दछ । संधै शीर ठाडो राख्दछ भन्ने विशवास गरिन्छ ।
 
ख० माखालुङरमाखोलुङ स् लक्ष्मी वा आमा, मोमा ९पूर्खा० लाई जनाउंदछ । आमाले नै छोराछोरीको जन्म, पालनपोषण, शिक्षादिक्षा दिने गर्दछ । आमाले छोराछोरीको पालन पोषणमा नपुग भएमा ढांटेर पनि छोराछोरीलाई खुवाउने गरेको हुन्छ । आमा, मोमा, लक्ष्मीको सम्मान तथा स्मरण यस चुलामार्फत गरिन्छ । आर्शिवाद माग्न, धनसम्पती, शुख शान्ति माग्नको साथै नराम्रो नहोस, दशा नलागोस भनेर देशान हटाउने तथा यसले सन्तानको रक्षा गर्ने मान्यता रहेको छ ।
 
ग० साम्बेलुङ स् सेकुरी वाहुरी ९नाता सम्बन्ध० जोरीपारी, छरछिमेकको नाममा, सम्मानमा स्थापना गरिएको हुन्छ । यसले नाता सम्बन्ध, छरछिमेकसंग राम्रो सम्बन्धको कामना गर्दछ । यसबाट बिरोधी, शत्रु, आंखी, दाही, झैझगडा आदिवाट जोगिने अपेक्षा गरिएको हुन्छ ।
 
कुलुङ संघको पेजबाट साभार ।

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार