मेयर गोल्डकपको फाईनलमा घरेलु टिम

सङ्खुवासभा, बैशाख २० गते । चैनपुर नगरपालिकाको आयोजनामा चैनपुरमा जारी मेयर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विचमै प्रतिष्पर्धा हुने भएको छ । विहिबार भएको खेलमा आयोजक चैनपुर नगरपालिकालाई हराएर खाँदबारी नगरपालिका फाईनलमा प्रवेश गरेको छ ।

त्यस्तै, उर्लाबारी नगरपालिका मोरङलाई पराजीत गर्दै पाँचखपन नगरपालिकाले फाईनल खेलको यात्रा तय गरेको हो । खाँदबारी नगरपालिकाले ३–१ गोल अन्तरले आयोजक चैनपुरलाई हराएको थियो भने पाँचखपन ले उर्लाबारीलाई टाब्रेकरको आधारमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । फाईनल खेल्न लागेका दुवै टिमले विदेशी खेलाडीलाई टिममा राखेर खेल्दै आएका थिए ।

खाँदबारी नगरपालिकाले ४ जना र पाँचखपन नगरपालिकाले ३ जना विदेशी खेलाडी समावेश गरेका छन् । गोल्डकपको फाईनल खेल शुक्रबार दिउँसो खेलाईने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार