बाला माध्यमिक विद्यालयमा अंग्रेजीबाट पढाई

सङ्खुवासभा, बैशाख १७ गते । सङ्खुवासभाको दुर्गम मध्ये एक शिलिचोङ गाउँपालिका २ बालामा रहेको बाला माध्यमिक विद्यालयले शैक्षिक २०७५ देखि अंग्रेजी भाषाको माध्ययमबाट पठन पाठन सुरु गरेको छ । अविभावकहरुको बोर्डिङ मोहलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्ययमबाट पढाई सुरु गरेका हुन् । 

बोर्डिङमा अग्रेजी माध्ययमबाट पढाउने भन्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुको संख्या घट्न थालेपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमबाट पढाई सुरु गर्नु परेको प्रधानाध्यापक ईन्द्रबहादुर कुलुङले जानकारी दिनुभयो । यस बर्ष पुर्व प्राथमिक कक्षा र कक्षा एकमा अंग्रेजी माध्ययमबाट पढाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । आगामी बर्षदेखि अंग्रेजी माध्यमका कक्षा बढाउदै लगिने समेत उहाँले जानकारी दिनुभयो । यस बर्ष अंग्रेजी माध्ययमबाट पढाई सुरु गरिएकोले विद्यार्थी संख्या थपिदै गएको प्रधानाध्यापक कुलुङले जानकारी दिनुभयो ।

नेपाली विषय बाहेक सम्पुर्ण विषय अंग्रेजी माध्ययमबाट पढाईने भएकोले सोही अनुसारको दक्ष शिक्षकहरुको ब्यवस्था गरिएको बताईएको छ । 

 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार