खम्बु, राई र कुलुङ

खम्बू सम्बन्धमा:
‘राई’ शब्द्धको ब्यापक प्रयोगअघि माझकिरातका बासिन्दाहरुले आफुलाई ‘खम्बू’ भनेर सम्बोधन गर्दथे । नोवलकिशोर राईका अनुसार हिजोका सबै खम्बूहरु वा जिमीहरु आजका राई भए । चाल्र्स मेकडुगलका अनुसार ‘माझकिरातका राईहरु खम्बुहोका सन्तान हौं भन्छन् । नेपालमा नागरिकताको चलन शुरु हुन पहिले वर्तमानमा राई भनिएका चाम्लिङ, खालिङ, थुलुङ, कुलुङ, बान्तावा, लोहरुङ, दूमी, साम्पाङ, बाहिङ, जेरो आदिले आफूलाई ‘खम्बू’ भनेर सम्बोधन गर्दथे । किरात मिथक अनुसार पाँच किरात पूर्खाहरुमध्ये उनीहरु खम्बूका सन्तान थिए । 
 
इतिहासकारहरुका अनुसार प्रथम किरात राजा यलम्बर थिए । नेपाल उपत्यका विजयपछि उनले गोकर्णमा आफ्नो राजधानी स्थापना गरेको थिए । सत्ताइसौं किरात राजा खिम्बु थिए । खिम्बूका छोरा पटुकालाई पश्चिम भारतका सोमवंशी राजपुतहरुले घरीघरी आक्रमण गरे । सोमवंशीहरुको पटकौंको आक्रमणले आजित भएर गोकर्ण दरबार छाडी शंखमुलमा राजधानी बनाएर बसे । यहा यो विवरण राख्नुको आशय के हो भने खम्बू शब्द्ध कसरी प्रयोगमा आयो भनेर विमर्श गर्नलाई हो । २७ औं किरात राजा खिम्बूपछि उनका सन्तानहरुले खिम्बू भन्ने थालेको अनुमान गर्न सकिन्छ । खिम्बु अपभ्रंश भए खम्बू भएको हुनसक्छ ।
 
वास्तवमा खम्बू मिथकमा आधारित स्वः सम्बोधन हो । किरात कुलुङ मिथक अनुसार आदिम किरात पूर्खा रोदुका पाँच भाइ छोराहरु थिए । जेठाको नाम खम्बुहाङ९होङ०, माइलाको मेवाहाङ, साँहिलाको मेत्नाहाङ, काइलाको लाङलेवाहाङ र कान्छाको मेरात्तीहाङ थियो । खम्बुहाङका सन्तानहरु चाम्लिङ, खालिङ, कुलुङ, थुलुङ, साम्पाङ, बान्तवा, कोयी, पुमा, बाहिङ, जेरुङ, वाम्बुले दुमी, नाछिरिङ आदि भए । मेवाहाङका सन्तानहरु याम्फु, लोहरुङ, मेवाहाङ, याक्खा, आठपहरिया (अठाप्रे) भए । साइला मेत्नाहाङका सन्तानहरु दश लिम्बु र काइला लाङलेवाहाङहरुको सन्तानहरु सुनुवार, सुरेल, जिरेल, हायु, थामी भए । कान्छा मेरातीहाङका सन्तानहरु नागा, मिजो, मिस्मी, बोडो÷राजवंशी, खासी, कोचे र मेचे भए । किरातको कान्छा छोरा मेरातीहाङका सन्तानहरु उत्तर–पूर्वी भारत, यमुना नदीपूर्व गंगाको उत्तरी मैदानी भागमा बसोबास गर्दछन् ।
 
यही मिथकका आधारमा खम्बु भन्ने गरिएको हो । पिताले २०३५ माघमा नागरिकता बनाउनुअघि शोधकर्ताको परिवार ‘राई’ नभएर खम्बू भनेर परिचित थियो । निजी अनुभवकै कुरा गर्दा २०५० सालमा जग्गा नापी अभियान सञ्चालन हुनुअघि गाउँमा जिम्मावालको घरलाई मात्र ‘राई’को घर भन्ने चलन थियो । यसर्थ वर्तमानमा कुलुङ, थुलुङ, चाम्लिङ, खालिङ, बाहिङ, राई आदि भनिने विभिन्न जातिले विगतमा खम्बू भन्ने गरेको देखिन्छ ।
 
राई सम्बन्धमा ः
विगतमा राजाको समकक्षी ‘राय’ हुँदै नेपालको एकीकरणपछि प्रचलनमा आएको ‘राई’ शब्द्धलाई जाति या पद्वी के मान्ने सम्वन्धमा बहस सृजना भएको अवस्था छ । केहीले यसलाई जातिकै रुपमा स्वीकार गरेर जाने भनेका छन् भने केहीले सामन्ती व्यवस्थामा गाउँ गाउँमा जनतामाथि शासकीय प्रभाव जमाउन दिइएको सामन्ती पद्वी ‘राई’लाई जाति मान्दा असली पहिचान हराउने विचार अगाडि सारेका सारेका छन् । कुनै समय गाउँको स्थानीय शासकले मात्रै प्रयोग गर्न पाउने ‘राई’ पद्वी सुगौली सन्धिपछि वृटिस सेनामा नेपाली नागरिकले भर्ना हुने चलनले ब्यापक बनाएको देखिन्छ । राजा महेन्द्रले २०२० मा नेपाली नागरिताको अनिवार्यता गराएसँगै खम्बू किरातहरुमा अझ व्यापक रुपले राईकरण भयो ।
 
अगाडि पनि लेखेको छु ‘पिताले २०३५ माघमा नागरिकताको प्रमाण–पत्र पाउनु भएपछि खम्बूबाट आधिकारिक रुपमा हामी राई बनेको’ । अध्येता सिएम खम्बूका अनुसार सम्वत १८३२ मा खम्बुहरुको राज्य खम्बुवान पृथ्वीनारायण शाहले गोर्खा राज्यमा मिएलपछि खम्बूहरुलाई प्रतिष्ठा सूचक ‘राई’ पदवीसहित लालमोहर दिएर ‘राई’ बनाइयो । त्यसै गरी सम्वत् १९१४ मा सुबाङ्गी पद र लालमोहर दिएर लिम्बुलाई ‘सुब्बा’ बनाइयो । एवं प्रकारले सुनुवारलाई ‘मुखिया’, याक्खाहरुलाई ‘देवान’ र तराईका थारुलाई ‘चौधरी’ पदवी दिइयो ।
 
खम्बूको थप भनाइ छः किपटीय प्रथा अनुसार किपट प्रमुखलाई राई भनिन्थ्यो । जस्ले स्थानीय भूमि तथा अन्य राजश्व उठाउनुकासाथै रैतीहरु९राईद्धारा शासित जनता०माथि शासन गर्दथे । त्यो प्रथा अनुसार राईलाई स्थानीय राजाको अधिकार प्राप्त थियो । राईलाई मानिस र गौ हत्या बाहेकका मुद्दा छिन्ने अधिकार दिइएको हुन्थ्यो । वहालवाला राईको मृत्यु भएमा उनको जेठा छोराले मात्र राई हुन पाउँथे ।
 
अन्य शोधकर्ता विद्धानहरुले पनि यही धारणालाई अगाडि सारेका छन् । मानवशास्त्री मेकडुगलका अनुसार माझ किरातमा पहिलेका प्रमुखहरुलाई हटाएर र तिनीहरुको ठाउँमा ‘राई’ नियुक्त गरिए । गोर्खा राज्यको अधिपत्य अघि अहिले जस्तो ‘राई‘ भन्नाले एक जाति वा समूहलाई बुझाउँदैन थियो । जनकलाल शर्माका अनुसार ‘राई’ शब्द्धको प्रयोग वि।सं। १८३२ आसपासदेखि ब्यापक प्रयोग हुन थालेको हो । कारण त्यस बेलाको गाउँका जान्ने सुन्ने व्यक्तिलाई स्थानीय प्रशासकका रुपमा जिमीदार र तालुकदार नियुक्त गरेर ‘राई’ मान पदवीद्धारा राज्यले विभूषित गराएको थियो । राय शब्द्ध राजाको अपभ्रंश हो । राई शब्द्ध भने राय शब्द्धकै अपभ्रंश देखिन आउँछ । किरात इतिहासकार टंकबहादुर राईका अनुसार स्थानीय प्रशासकका रुपमा नियुक्त भएका ‘राई’हरुले राजश्व संकलन गर्ने, भूमि सम्बन्धि समस्या हेर्ने, गम्भिर प्रकृतिका बाहेक स्थानीय मुद्दामामिला हेर्ने अधिकार प्राप्त गरेका थिए ।
 
‘राई’ शब्द्ध एक शक्तिशाली पदवीका रुपमा प्रयोग भएकोले क्रमशः लोकप्रिय हुँदै गयो । खास व्यक्ति वा परिवारले मात्र प्रयोग गर्न पाउने शक्ति र सम्मानको प्रतीक ‘राई’ पदवी कालान्तरमा अरु सर्वसाधारणले प्रयोग गर्न थाले । अझ राणा शासकहरुले ३० मुरी माटो र २६ रुपैयाँको सलामी चढाएपछि ‘राई’ पदवी पाउन सक्ने व्यवस्था मिलाएपछि त यसको प्रयोगमा खुकुलोपन र व्यापक हुँदै गयो । इतिहासकार राईले जुन मानव समुदायको आफ्नो अलग भाषा हुन्छ, आफ्नो बेग्लै सँस्कृति हुन्छ, प्राचीनदेखि बसोबास गर्दै आएको निश्चित ऐतिहासिक भूमि हुन्छ, ती मानव समुदायलाई ‘जाति’ ९ल्बतष्यल० को मान्यता दिन सकिने बताएका छन् । उदाहरणका लागि चाम्लिङहरुलाई लिउँ ।
 
चाम्लिङहरुको आफ्नो अलग्गै कसैसँग नमिल्ले, अरुभन्दा फरक भाषा छ, आफ्नै प्रकारको अलग सँस्कृति छ, पुरानो समयदेखि बसोबास गर्दै आएको खास भूभाग छ । यसले गर्दा चाम्लिङहरुलाई एक ‘जाति’ कै रुपमा लिन सकिन्छ । त्यसै गरी कुलुङहरुको आफ्नै अलग भाषा छ, सँस्कृति छ र बसोबास गर्दै आएको भूभाग छ । यसले कुलुङ मानव समुदायलाई एक अलग ‘जाति’ कै रुपमा लिन सकिन्छ । त्यस्तै खालिङ, बाहिङ, साम्पाङ, लोहरुङ, आठपहरिया, याक्खा, मेवाहाङ, उँबूचौरासे, दूमि आदिलाई अलग अलग जातिकै रुपमा लिन सकिन्छ । किनभने उनीहरुको अलग भाषा, सँस्कृति र भूमि छ । ‘राई’ एक जाति नभइ जातिहरुको संग्रह भएको इतिहासकार राईको धारणा छ । बङ्गालीको एक समूह, केही पञ्जावीहरु र नेपालकै केही मुसलमानहरुले पनि ‘राई’ लेख्ने गरेको पाइन्छ ।  

माथि चर्चा गरिएका तथ्यहरुले ‘राई’ एक जाति नभएर कुनै समयमा स्थानीय प्रशासन सञ्चालनका लागि राज्यले नियुक्त गर्ने एक पद थियो भन्ने कुरा पुष्टि गर्दछन् । वर्तमानमा राई भनिएका चाम्लिङ, खालिङ, बान्तावा, लोहरुङ, बाहिङ, साम्पाङ, याम्फू, आठपहरिया, मेवाहाङ, पुमा, थुलुङ, कुलुङ, याक्खा, जेरो, कोयी, दूमि, वाम्बुले÷उबुचौरासे, नाछिरिङहरु अलग अलग जाति हुन् । उनीहरुको अलग भाषा, सँस्कृति, इतिहास र भूमि छ । उनीहरु एक अर्काका भाषा बुझ्दैनन् । उनीहरुको सम्पर्क वा साझा भाषा नेपाली हो । 
 
कुलुङ सम्बन्धमाः
मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी नामका एक किरात पूर्खा वर्तमान सोलुखम्बूको हुलुमा रावाबाट आएर बसे । शिकार खेल्ने क्रममा छेम्सीको त्यो ठाउँ नजिकै पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरुसँग भेट भयो । रुपिहाङ्छाहरुलाई छेम्सी आफ्नो इलाकामा सिकार खेल्न आएको मन परेन र लखेट्ने प्रयासमा अनेक दुःख दिन थाले । अत्याचार सहन नसकेपछि छेम्सीले दाजु ताम्सीलाई बोलाए । छेम्सींताम्सी र रुपियोहाङछाबीच युद्ध भयो । युद्धमा रुपिहाङ्छाहरु हारे । त्यसपछि छेम्सी­ताम्सीले महाकुलुङ उपत्येकामा अधिपत्य जमाएका थिए । उनै छेम्सी र ताम्सी किरात कुलुङ जातिको आदिम पूर्खा थिए ।
 
हुङ्गु उपत्येका र वरिपरिको क्षेत्र समावेशित भू–भाग कुलुङ आदिवासी जातिको किपट हो– जसलाई महाकुलुङ९विस्तारित कुलुङ भुमि० भनेर चिनिन्छ । ब्रायन हड्सनका अनुसार माझकिरामा बसोबास गर्ने विभिन्न किरात समूहहरुमध्ये कुलुङ एक हो । माझ किरातको उत्तर पूर्वमा रहेको उनीहरुको देशलाई ‘महाकुलुङ’ भनिन्थ्यो । डिआर रेग्मीका अनुसार पूर्व प्राचीन कालमा नेपाल उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुको शक्तिशाली शाखामध्ये अहिलेका कुलुङहरु एक हुन् ।
 
किम्बदन्ती अनुसार खम्बूहो वंशका चारजना पूर्खाहरु हुङ्गु उपत्यका केहीअघि र पछि प्रवेश गरेका थिए । तिनीहरुको नाम छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु थियो । सबैभन्दा पहिले छेम्सी आएका थिए । छेम्सी पछाडि आएका उनका दाजुभाइले छेम्सीले बसाएको चलनलाई स्वीकार गरे । ‘कुलु’ शब्द्धमा ‘ङ’ प्रत्यय जोडिएर ‘कुलुङ’ भएको देखिन्छ । कुलुङ जातिले आफ्नो भाषामा आफ्नो समुदायलाई ‘कुलु’ नै भन्ने गरेका छन् । जस्तै स् कुलुङ भाषालाई ‘कुलुरिङ’, कुलुङ सँस्कृतिलाई ‘कुलुरिदुम्’, कुलुङ बस्तीलाई ‘कुलुतेल’ भन्ने गरिन्छ । ‘कुलु’ शब्दले एउटै वंशका सजातीय भन्ने जनाउँदछ । कुलु शब्दले सामुहिकतालाई बुझाउँछ । यो साझा सँस्कृति र सभ्यता पनि हो । कुलुङहरुको प्राचीन भूमिलाई ‘महाकुलुङ’ भनिन्छ । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरु कुलुङ भनेर चिनिन्छन् । 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार