नयाँ पदमार्गको खोजीमा १२ दिन

पर्यटन अभियान्ता बागमान कुलुङको डायरी

जेनेभाबाट टर्की आउदै गर्दा अलि बढी नै तिर्खा लागेपछि मैले फ्रिजको पानी खाईदिएँ । टर्की आईपुग्दा नाँक बन्द हुन खोज्दै थियो । टर्कीबाट काठमाडौं ओर्लदासम्म मलाई चिसोले सताईसकेको थियो । त्यही माथी काठमाडौंमा चिसो पानीले नुहाएपछि मलाई बिरामी हुन काफी भयो । बेलुका ज्वरो आएर सुत्नै नसकिने दिउसो बीसको उन्नाईस् हुन्थ्यौं ।

तल्लो सोलुखुम्बुको पात्तले, महाकुलुङको मुद्विखर्क, मांगन दोभान, सग्गोल दोभान, वातेल्मा दोभानहुदै हुंगाखोलाको किनारै किनार सेतीपोखरी उपत्यकामा अपर ग्रेट हिमालयन ट्रेललाई छोएर आम्फुलाप्चा पास गरी सगरमाथा जाने नयाँ पर्यटन पदमार्गको म्यापिङ गर्ने टिममा सहभागी हुन म नेपाल आउदै थिएँ । हाम्रो टिमका प्राविधिक तथा हिमालयन म्याप हाउसका प्रतिनिधी दिपक श्रेष्ठ यसलाई टे«किङ नभएर एक्सप्लोर भन्नुहुन्थ्यौं । खासै सुविधासम्पन्न बाटो नभएको घनाघोर जंगलमा पहिलो पटक पर्यटन पदमार्गको खोजी गरिने भएकोले एक्सप्लोर हुनुपर्ने उहाँको तर्क थियो । यो यात्रा ५,२०० मिटरसम्मको थियो । एक मनले सोचें यो अवस्थामा म जान सक्दिन छोडिदिन्छु तर अर्को मनले सोच्यौ नेभर गिभ अप । अन्तमा ग्राण्डी सिटी हस्पिटलमा जचाँएर डाक्टरको सल्लाह लिएपछि मैले जसरी पनि टिममा सामेल हुने निर्णय लिएँ । हाम्रो टिमले मार्च ७, २०१८ मा आफ्नो यात्रा तय गरेको थियो ।

 

पहिलो दिन
आज १३ घण्टाको ड्राईभपछि हाम्रो टिम सिटी भिलेजको जिपमा काठमाडौंबाट सोताङ पुग्यौ । आदिम्कालमा किराती पुर्खा राताप्खुले सिर्जना गरेको यो ग्रामिण बस्तीमा पुगेको दिन पर्यटकहरुलाई नाछिरिङहरुको परम्परागत साँस्कृतिक नाँच वा हिन्दुहरुको मारुनी नाँच देखाएर पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । आजको दिन बाटोमा पात्तले डाँडापर्छ । सम्भवतः यो डाँडा काठमाडौंबाट गाडीमा सबैभन्दा छिटो ९७ घण्टामा० पुगेर सगरमाथा हेर्न सकिने पहिलो डाँडा हुनुपर्छ । तामाङ बाहुल्य यो हिमाली बस्तीमा प्रवेश गर्ने पर्यटकहरुलाई तामाङसेलो देखाएर सगरमाथा र तामाङसेलोको अवलोकन गर्न सकिने डाँडाको रुपमा पात्तलेलाई विकास गर्न सकिन्छ

 

दोश्रो दिन
बुङ र छेस्काममा कुलुङ साँस्कृतिक नाँचको अवलोकन गरेपछि हाम्रो टिम आजको दिन छेस्काममा बास बस्यौ । सोताङबाट एक घण्टा जिपमा बुङसम्म र त्यसपछि तीन घण्टा हिडेर छेस्काम पुगिन्छ । छेस्काम कुलुङ जातिको प्रमुख थलो हो । आजको दिन पर्यटकहरुले छेस्काम वा बुङमा स्थानीय कलाकारहरुसंग समन्वय गरेर कुलुङ साँस्कृतिक नाँचहरु हेर्न सक्नेछन् । बर्षा याममा पुग्ने पर्यटकहरुले छेस्काममा बसेको दिन सालापइस्, हुर्वाम्, बेजो, दिरित्ती लगायतका मनमोहक झरनाहरुको अवलोकन गर्न सक्नेछन् । यसबाहेक छेस्काममा भूमेथान, चालिमखम्, देनाम् लगायतका धार्मिक स्थलहरुको समेत अवलोकन गर्न सक्नेछन् ।

 

तेश्रो दिन
आज हाम्रो टिम् छेस्कामबाट मुद्धिखर्क पुग्यौ । यो छेस्कामबाट घ घण्टाको बाटो हो । मुद्धीखर्क छेस्कामबाट लगिने अन्तिम खर्क पनि हुन् । यो पर्यटकहरुको लागी उत्तम भ्युपोइन्ट हुन् । यहाँबाट चाम्लाङ, पेकरसिद्धि, केन्पा, भुकुर, शिलुछो लगायतका हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

 

चौथो दिन
आज बिहान करिब साढे दुई घण्टा हिडेपछि हामी लोनाम्छी पुग्यौं । त्यसको लागी थोरै ओरालीपछि उकालो चढ्नुपर्छ । लोनाम्छीमा खाना खाएपछि आँधा घण्टा उकालो चढ्दा हामी जुरेकोम् पुग्यौं । जुरेकोम् भ्युपोइन्टको हिसाबले पनि राम्रो ठाँउ हो । त्यहाँ क्याम्पिङको लागी उपयुक्त चौंर पनि छ भने पानीको उपलब्धता पनि छ । जुरेकोमबाट अर्को २ घण्टामा हामी वेइखो चौर पुग्यौं । चौरमै पानी भएकोले यो पनि क्याम्पिङको लागी उत्तम ठाँउ हुन् । तर हामी वेइखोमा नबसी सिधै वेइखोबाट अर्को २ घण्टा हिडेर सग्गोल दोभानमा बास बस्न पुग्यौं । सग्गोल दोभानमा ओढार पनि छ भने सामान्य क्याम्पिङ राख्ने ठाँउ पनि छन् ।

 

पाँचौ दिन
आज सग्गोल दोभानबाट वातेल्मा चौंर जानुपर्ने थियो । करिब २ घण्टाको हिडाईपछि हामी लुत्तुम्मा पुग्यौं । लुत्तुम्मा पुग्नुभन्दा अगाडी बाटोमा गजदम्भ उभिएको चट्टानी भिड थियो । भिडमा खोपिएको बाटोबाट चिप्लिएर लडेको भए हुंगा खोलामा सिधै पुगिन्थ्यौ । लुत्तुम्मा पुगेपछि बाटो चट्टानमा थुरिएकोले हुंगा खोला तर्नै पर्ने भयो । खोलामा ३ वटा मसिना काठको कमजोर पूल थियो । पूलको काठमा बसेको तुसारोमा छिसिक्क जुत्ता चिप्लेको भए पर्यटन सहिद हुने सम्भावना थियो तर भाग्यले त्यसो भएनौं । काठको पूल तरेपछि त्यसको २ घण्टामा खाना खान सुक्सुला पुगियो । सुक्सुला मकालु बरुण राष्ट्रिय निकुञ्जकै घना जंगल भएको ठाँउ हो ।

सुक्सुलाबाट अर्को एक घण्टा हिड्दा बाटोमा भर्खरै कुनै जनावरले घोरललाई खाएर छाला मात्र छोडेको भेटियो । हाम्रो गाईड निमाई यसलाई बाघले नभएर भालुले खाएको भन्दै थिए । ‘भालुले छाँला काँढेर यसरी छोड्छ तर बाघले छालाको भुत्लासंगै खान्छ’ उनी हामीलाई भन्दै थिए । ‘बाँघले त यी यसरी भुत्लैसंग खान्छ’ बाटोमा भेटिएका भुत्लासंगको बाँघको गुँहु देखाउदै उनी हामीलाई वर्णन गर्दै थिए । ‘भालुले लखेटेर समात्न सक्दैन लुकेर च्याप्पै समाउछ’ उनी थप्दै थिए । हामी भने नेसनल जियोग्राफीमा भालुले जनावर खाएको नदेखेको मत जाँहेर गर्दै थियौं । सुक्सुलाबाट अर्को ३ घण्टामा हामी वातेल्मा पुग्यौ । वातेल्मासम्म बाटो निर्माणको काम सकिएको रहेछ ।

 

छैटौं दिन
वातेल्माबाट करिब ३ घण्टामा हामी दोभान पुग्यौं । दोभान संखुवासभा र सोलुखुम्बुबाट आउने बाटोहरु भेटिने बिन्दु हुन् । त्यहाँबाट अर्को ३ घण्टामा गोपिचौर पुगिन्छ । वातेल्माबाट गोपिचौंर एक क्याम्प हो र गोपिचौंरबाट खोङमाडिङमा अर्को क्याम्प हो । खोङमाडिङ खहरेहुदै मेराला पास गरेर आईपुग्ने बिन्दु भएकोले त्यहाँभन्दा माथिका सबै क्षेत्र पर्यटन नक्सामा यसभन्दा अगाडी नै समेतिसकिएका छन् । हाम्रो उद्देश्य उक्त बिन्दुसम्म जिपिएस मेसिन लगेर म्यापिङ गरी दोभानमै फर्केर म्यापिङ गर्न बाँकी संखुवासभातिरको बाटो लाग्नु थियो । भरियाहरुलाई दोभानको ओडारमै छोडेर इच्छुक बलियाहरु जिपिएस र भिडियो क्यामरा लिएर खोङमाडिङमा पुग्नेगरी हिड्यौं । हाम्रो अर्को गाईड पदम कुलुङको सानो होटल खोङमाडिङमा राती बस्नेगरी पुग्यौ र त्यसको भोलीपल्ट जिपिएस मेसिन र भिडियो क्यामरा लिएर त्यही दोभानको ओडारमा बिहान खाना खानेगरी फर्कियौं । दोभानको ओढारमा रहनेहरुको काम भने संखुवासभातिर जानको लागी हुंगा खोला तर्नुपर्ने भएकोले पूल थाप्नु थियो । ३ वटा साना दाउराहरु जोडेर हाम्रै टिमले तयार पारेको पूलहुदै हामी संखुवासभातिर लाग्यौं ।

 

सातौ दिन
आज खोङमाडिङमाबाट बलियाहरुको टिम आईनपुग्दै पूल थाप्नेहरुको टिम शिकारीबासतिरको उकालो लागिसकेको थियो । हिजोको जस्तो बाटो नभएकोले ढुँगाको चिन्ह वा रुखलाई खुकुरीले थोरै काटेर हिडेको मान्छेको चिन्ह हेर्दै बाटो पहिल्याउनुपर्ने थियो । कम्मरसम्म आउने हिँऊ छिचोल्दै हामी संखुवासभातिरको हिमालतिर लाग्यौं । लगातार उकालोमा आठ घण्टा हिडेपछि हामी देउरालीको आधार शिबिर पुग्यौ । यो करिब ३,९०० मिटरमा थियो । यहाँ पानी थिएन । हिऊ पकाएर पानी बनाउदै खाना बनाउनुपर्ने थियो । त्यहाँबाट चाम्लाङ, मेरा र बरुञ्जे हिमाल राम्रोसंग देखिन्थे । बेलुका खोङमाडिङ गएका टिम त्यहाँ हामीसंग बास बस्न आईपुगे ।

 

आठौं दिन
आज यात्राकै सबैभन्दा अग्लो हिमाल देउराली ४७०० मिटर पास गर्नुपर्ने थियो । बिहानै खाना खाएर हामी देउराली पास गर्न उकालो लाग्यौ । चार घण्टामा बल्ल हामी टपमा पुग्यौ । टपमा फोटो खिचेपछि थप २ घण्टा झरेर ४,४०० मिटरमा क्याम्प खडा ग¥यौं । त्यहाँ पनि पानी थिएन तर भेडी गोठ राखिएको खर्क थियो । बादलले छोपेकोले केही देख्न सक्ने स्थिती थिएन तर त्यहाँबाट अर्को आँधा घण्टा हिडेको भए हामी पानी पाईने ठाँउमा आईपुग्ने रहेछ ।

 

नवौं दिन
आज यात्राकै सबैभन्दा मौसमले साथ नदिएको दिन थियो । बिहानदेखि दिनैभरी कुहिरोले केही देख्न सकिने स्थिती थिएन । त्यसमा पनि दिनभरी हिँऊ परेको थियो । भेडा गोडालाहरुले ढुंगामाथी राखेको अर्को ढुंगाको चिन्हहरुसमेत कुहिरो र हिउले देख्न नसक्दा दिनभरी पटक पटक बाटो भुलेर अलमल हुदै हिड्नुपर्ने भयो । करिब ५ घण्टा निरन्तर हिडेपछि हामी गौबित्ता थानको नजिकै आईपुग्यौ । त्यहाँबाट कुहिरोमा बाटो भुलेर हामी संखुवासभा जाने बाटोतिर गइरहेका रहेछौं । जाँदै गर्दा हाम्रो गाइड पदमले हामीले बाटो भुलेको निश्चित गर्नुभयो र सोलुखुम्बुको लागी यतातिर जानुपर्छ होला भन्ने कुहिरोभित्रै अनुमानले लट्ठी घुमाउनुभयो । हामी उहाँको मनको कम्पासको आधारमा भौतारिदै थियौ । भौतारिदै गर्दा हामी एउटा ठुलो चौंरमा पुग्यौं । आकास खुलेपछि मात्र आफुले बाटो पहिल्याउन सक्ने भन्दै उसले हामीलाई उक्त हिउले भरिएको चौरमा बासको लागी टेन्ट टाङन आदेश दिनुभयो । टेन्ट टाङदै गर्दा करिब १० मिटरको दुरीमा एउटा ठुलो कालो चिज देखियो । हामी त्यो कालोचिजतिर लाग्यौं । त्यो कालोचिज कसैको बर्खेगोठ रहेछ । त्यसपछि उक्त बर्खेमा बास बस्ने निर्णय भयो । जब हामी बर्खेभित्र पस्यौ पदम ‘यो गोठ ङिमतेञ्जीको बुबाको रहेछ र हामी टिवागैरी भन्ने ठाँउमा रहेछौ’ भन्दै उफ्रे । त्यसपछि पदमले हामीलाई एक घण्टा लगाएर लिली भञ्ज्याङ ल्याए । लिलि भञ्ज्याङमा हरेकले एक एक भारी दाउरा ल्याउनुपर्ने नियम बनाईयो र दिनभरी भिजेको शरीर सुकाईयो ।

 

दशौ दिन
आजको टार्गेट लिलिभञ्ज्याङबाट मेकटो, भैसिरी, पिक्पुई हुदै मार्मेकु आउनु थियो । बिहान खुलेको आकासमा केन्पाबाट अनगिन्ती हिमाली हिमश्रृखलाहरुको फोटो खिचेर हामी ५ बजेतिर मार्मेकु आईपुग्यौं । मार्मेकुमा स्थानीय शेर्पाहरुले हामीलाई उनीहरुको परम्परागत साँस्कृतिक नाँच देखाएर स्वागत गरे ।

 

एघारौ दिन
आज मार्मेकुबाट साद्धी गएर स्थानीय कुलुङ साँस्कृतिक कार्यक्रम खिच्ने तथा जिपिएस मेसिन गुदेलमा बन्न लागेको एयरपोर्टसम्म पु¥याउनु थियो । यद्यपी ३ दिनदेखि टेलिफोनको टावर पुरै बिग्रेकोले स्थानीयसंग सञ्चार हुन सकिरहेको थिएन । नभन्दै साद्धी पुग्दा स्थानीयको कुनै तयारी थिएन । हामी त्यसपछि हामी सरासर बुङ आएर यात्रा अन्त ग¥यौं । पहाडी विकास तथा संरक्षण समूह नेपालको अफिसमा संस्थाका सदस्य पर्खीधन राईले हामीलाई स्वागत र बिदाई दुवै एकैसाथ गर्नुभयो । हाम्रो प्रतिनिधी त्यसको भोलीपल्ट बाह्रौ दिनको दिन काठमाडौं आए । यती हुँदासम्म मेरो शरिरको ज्वरोले पुरै हार खाईसकेको थियो ।

 

पद मार्गको अवस्था
यात्राको तेस्रोदिनको गन्तब्य मुद्धीसम्मको बाटो राम्रो छ । मुद्धि छोडेको दिन मुद्धीखोला तर्नुपर्छ त्यहाँ भर्खरै ट्रष्ट पूल निर्माण सम्पन्न भएको छ भने उक्त दिन पुगिने संग्गोल दोभानसम्मको बाटो निर्माण कार्य सकिएकोले बाटो राम्रो छ । सग्गोल दोभान पुग्दासम्म ःबनबल र संग्लोल गरी दुईवटा खोला तर्नुपर्ने हुन्छ । उक्त खोलाहरुमा सामान्य पहिरो पनि जाने गरेको पाईयो । बसन्त ऋतुमा उक्त खोलाहरु तर्न कुनै समस्या नभए पनि अक्टोभर सिजनमा दुईवटा पूल चाहिन सक्छ । सग्गोलपछि लुत्तुम्मा अर्को पूल नभईनहुने ठाँउ हो । सबै सिजनमा त्यहाँ पूल चाहिन्छ । स्थानीय निकायको पहलमा उक्त ठाँउमा यसैपाली पूल सर्वेक्षण कार्य भएको छ । लुङतुम्माबाट करिब ४ घण्टामा वातेल्मा दोभान पर्दछ । वातेल्मा दोभानमा स्थानीयको पहलमा काठेपुल निर्माण गरिएको छ । करिब पाँच छ वर्ष उक्त काठेपूलले काम गर्ने अनुमान गरिएको छ । वातेल्मासम्म स्थानीयको पहलमा बाटो निर्माण सम्पन्न भएको छ । वातेल्माभन्दा माथी सुविधासम्पन्न बाटो नभए पनि जसोतसो हिड्न सकिन्छ । ठाँउ ठाँउमा डोरी टाँगेर हिड्नुपर्ने पनि हुन सक्छ । यद्यपी तुलनात्मक रुपमा वातेल्माभन्दा माथीको भौगोलिक अवस्था तलको भन्दा सजिलो भएकोले बाटो निर्माण गर्न सजिलो हुनेछ । सेतीपोखरी उपत्यकामा होटल ब्यवसाय गर्ने स्थानीयहरु त्यही बाटो भएर नै जाने गर्दछन् ।

यता दोभानदेखि केन्पा निस्कनेक्रममा हुंगाखोलामा अनिवार्य एउटा पूल आवश्यक छ । हाम्रो टिमले आफैले पूल थापेर उक्त खोला तर्नु परेको थियो । दोभानदेखि शिकारी लुभमसम्म बाटो निर्माण नहुँदा हिऊ परेको बेला हिउमा फसिने सम्भाना रहेको छ ।

 

सल्लाह
बाटो छ तर सुविधासम्पन्न भने छैन । मुद्धी खोलामा बाहेक अरु सबै खोलामा पूल नभएकोले तपाईको टिमले पूल थाप्दै वा मर्मत गर्दै हिड्नुपर्ने अवस्था हुन सक्छ । बाटो नभएको ठाँउमा डोरी टाङनुपर्ने अवस्था हुनसक्छ । क्यापिङ ग्राउण्ड छ तर सुविधासम्पन्न भने छैन । यी अवस्थाका भावजुट कुशल जनशक्ति र आवश्यक सरसमानहरु सहित साहशिक यात्रा गर्न रुचाउने स्पोर्टटिभ पर्यटकहरुको लागी यो पदमार्ग उपयुक्त छ । यसो गर्दा लुक्लाबाट थोलडाँडा, कोठे, खहरेहुदै जानेहरुभन्दा कम्तीमा दुई तीन दिन अगाडी तपाई खोङमाडिङ पुग्नुहुन्छ । हामी यसक्षेत्रको थप सुचना दिने भिडियो, नक्सा र पर्यटन गाईडबुक निकाल्ने तयारीमा छौं । तपाईको सल्लाहको अपेक्षामा छौं ।

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार