यो माया कस्तो माया (भिडियो सहित)

चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा।लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरिएको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको आवाज रहेको छ ।
कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको माया देखि लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन ।

भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको चलचित्रको कथा ठकुरी आफैँले लेखेका हुन । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शंकर महर्जनको द्वन्द, कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ ।

प्रेम एकजनासँग हुन्छ र बिवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने बिषय मा बनेको ‘यो माया कस्तो माया’ लाई काठमाण्डौं, दोलखा तथा दार्जिलिङ लगायतका स्थानहरुमा छायाँकन गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार