सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो । सोलुखुम्बुको सोलु एफ एमबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘कुलु साल्म’ पनि बन्द भएको थियो । 

आदिवासी किरात कुलुङ समुदाय आफ्नो भाषा, संस्कृती संरक्षणमा प्रत्येक नागरिकहरु सचेत हुदा हुदै पनि आम सञ्चारको प्रयोग गर्न सकिरहेका थिएन । विभिन्न समयमा पत्रपत्रिकाहरु प्रकाशन गरिएपनि श्रोत साधनको अपर्यप्तताको कारण निरन्तरता दिन सकिएको थिएन । तथापी हामीले आफुले सके जति चाँही गरौं भनेर कुलुङ भाषाको रेडियो कार्यक्रम ‘छेलाम’ उत्पादन गर्ने भनेर कुलुङ संघ संखुवासभामा आवद्ध नेतृत्वहरुको विचबाट कुलु मिम्छा गुस्खमका केन्द्रीय उपाध्यक्ष कृष्णकुमारी कुलुङ (कोपीला) को अध्यक्षतामा (समिति सदस्यहरुले आफै रकम संकलन गरेर) एउटा सञ्चालक समिति गठन गरेर कार्यक्रम सुरु गरिएको थियो । जस्को लागि कुलुङ संघ केन्द्रीय समितिका तत्कालिन एवं हालका महासचिव ईन्द्र होनित्ती, तत्कालिन कोषाध्यक्ष एवं हालका उपाध्यक्ष भलाकाजी कुलुङ लगायतका ब्यक्तित्वहरुको परामर्श लिईएको थियो । यसरी कार्यक्रम सुरु हुनुमा कुलुङ संघका तत्कालिन केन्द्रिय सदस्य राजधन कुलुङको साथ र सहयोग पनि महत्वपुर्ण रह्यो । 


पाँच बर्ष अघि यसरी सुरु भएको कुलुङ भाषाको कार्यक्रम सुरुमा संखुवासभाको गुराँस एफ एमबाट प्रसारण गरिएको थियो । केहि महिना पछि सोलुखुम्बु महाकुलुङ क्षेत्रका खरिधन कुलुङ, जोकराज कुलुङ, बिवस कुलुङ, भलाकाजी कुलुङ लगायतका थुप्रै ब्यक्तित्वहरुको पहल तथा संयोजनमा सोलु एफ एम र शिखर एफ एमबाट प्रसारण सुरु गरिएको थियो । विभिन्न प्राविधिक समस्याका बावजुत अझै पनि यी रेडियोहरुबाट नै प्रसारण हुँदै आएको छ । यसरी उत्पादित तथा प्रसारित कार्यक्रमहरुलाई भिडियो बनाई छेलामको आधिकारिक युटुव च्यानलबाट पनि प्रसारण गर्दै आईएको छ । तथापी अपर्याप्त सामग्री र ईन्टरनेटको अभावका कारण निरन्तर अपलोड गर्न सकिएको छैन ।


बदलिदो परिवेश अनुसार अब सुनेर मात्र नभएपछि पठनीय सामग्रीको पनि ब्यवस्था गर्नु पर्ने सोँचका साथ छेलाम डट कम डोमेनबाट ‘छेलाम’ अनलाईन पत्रिका पनि सुरु गरिएको थियो । थोरै प्राविधिक ज्ञानको विचबाट स्थापना गरिएको अनलाईन पत्रिकाको विशेषता अहिले आएर अपर्याप्त भएको कारण अनलाईन पत्रिकाको डिजाईन परिवर्तन गरिएको छ । आशा छ यस पटक गरिएको डिजाईनले राम्रो काम गर्ने छ । यो अनलाईन पत्रिका कुलुङ समुदायबाट सञ्चालित भएपनि अन्य क्षेत्रको विषयबस्तहरुलाई पनि समेट्ने गरि बनाईएको हो । अनलाईन सञ्चालनको भाषा नेपाली र कुलुङ दुवै राखिएको छ । यस पटक निर्माण गरिएको वेबसाईटमा विज्ञापनको पर्याप्त स्थानहरु राखिएको छ, जस्मा सम्पुर्ण ब्यापारी, ब्यावसायी लगायत अन्य महानुभावहरुलाई विज्ञापन उपलब्ध गराएर सहयोग गरिदिनहुन छेलाम परिवार अनुरोध गर्दछ । अनलाईन पत्रिकासँगै अन्य संस्करणहरुको पनि विकास गर्ने योजना रहेको छ ।

छेलामको स्थापना कालमा संखुवासभाका महानुभावहरुले नेतृत्व गरेको यो संस्था विश्वभरका सम्पुर्ण कुलुङहरुको साझा संस्था हो । अव विश्वभरका कुलुङ समुदायबाट सदस्यताको आव्हान गर्ने तयारी समितिले गरेको छ, सवैलाई सदस्य बनी अपनत्व ग्रहण गरिदिनुको लागि छेलाम अनुरोध गर्दछ ।

 

कार्यक्रम उत्पादन र प्रसारण भईरहदा थुप्रै महानुभावहरुले आर्थिक सहयोग गर्नुभएको छ । युके, हङकङ्, दक्षिण कोरिया, कतार लगायतका देशहरुमा कार्यरत दाजुभाई दिदिबहिनीहरुले दुई लाख पचास हजार रुपैयाँ भन्दा बढी रकम सङ्कलन गरेर पठाउनुभएको छ । जुन रकमले गर्दा छेलाम् यहाँसम्म आईपुगेको छ । कुलुङ समुदायले थुप्रै शिर्षकमा थुप्रै पटक सहयोग सङ्कलन गरिसकेका छौं, तर त्यो रकम सकिएपछि पुनः अवस्था उस्तै भईरहेको कैयौं देखिरहेका छौं । तर, छेलामको शिर्षकमा संकलन भएको सम्पुर्ण रकमहरु जस्ताको त्यस्तै छेलाम कोषमा जम्मा गरेर राखिएको छ । अझ भनौं साँवा रकम मासिएको छैन । अहिले छेलाम कोषमा दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । जुन कोषको ब्याजबाट आउने रकम मात्र खर्च गरिएको छ । यसरी आफ्नो पसिनाको अंश छुटाएर दिनुभएका महानुभावहरु प्रति छेलाम परिवार धन्यवाद ज्ञापन गर्दछ । सहयोगीहरुको सम्पुर्ण बिवरण छेलामको खातामा स्पष्टसँग राखिएको छ र यसलाई छेलामको वेबसाईटमा पनि राखिएको/राखिने छ । 


रेडियो कार्यक्रम उत्पादन गर्ने समितिमा मात्र सिमित नराखि यसलाई छेलाम सामुदायिक सञ्जालको नामबाट जिल्ला प्रसासन कार्यालय संखुवासभामा दर्ता गरिएको छ । यस अनुसार प्रधान कार्यालय संखुवासभामा रहनेछ र आवश्यकताको आधारमा अन्य जिल्लाहरुमा शाखा कार्यालय राख्ने ब्यवस्था छ । 


छेलामको स्थापना कालमा संखुवासभाका महानुभावहरुले नेतृत्व गरेको यो संस्था विश्वभरका सम्पुर्ण कुलुङहरुको साझा संस्था हो । अव विश्वभरका कुलुङ समुदायबाट सदस्यताको आव्हान गर्ने तयारी समितिले गरेको छ, सवैलाई सदस्य बनी अपनत्व ग्रहण गरिदिनुको लागि छेलाम अनुरोध गर्दछ । कुलुङ समुदायको बलियो र प्रभावकारी संचार संस्थाको रुपमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको यो संस्था विश्वब्यापी बनाउनुछ । 


कुलुङ समुदायबाट सञ्चारको क्षेत्रमा काम गर्ने सम्पुर्ण पत्रकार तथा संचारकर्मीहरुलाई छेलाम परिवार उच्च सम्मान गर्दछ । एक दशक भन्दा बढी रेडियो कार्यक्रम रोक्तोखोम सञ्चालन गरेर भाषा संरक्षणमा योगदान पुराउने विभिन्न तहका समिति, कर्मचारी प्रति नमन ब्यक्त गर्दछ, साथै कुलु साल्म सञ्चालकहरुलाई पनि । पछिल्लो समय ऐतिहासिक कार्यक्रम रोक्तोखोमले पुनः निरन्तरता पाएको खबरले अत्यन्त खुसी तुल्याएको छ । जसको लागि संचालक गंगाराज कुलुङ लगायत उहाँको टिम धन्यवादका पात्र हुनुहुन्छ । जहाँबाट जसरी कुलुङ भाषा संरक्षणको लागि कार्यक्रमहरु सञ्चालन भईरहेको छ, सवैले सहकार्य गरेर जान आवश्यक छ । एकलाई चाहिएको सहयोग अर्कोबाट अनिवार्य मिल्नु पर्दछ । 


छेलामलाई यहाँसम्म ल्याई पुराउनको लागि सम्पुर्ण शुभचिन्तक, सहयोगीहरु, सञ्चालक समिति लगायत उत्पादन टिमका जोकराज कुलुङ, उद्धब कुलुङ, जीतेन कुलुङ, कमला कुलुङ, आरती कुलुङ, ध्यान कुलुङ लगायतका टिमपनि धन्यवादका पात्रहरु हुन्, जस्ले स्वयं सेवा गरेका छन् । छेलामको उद्देश्य भन्नु नै आम सञ्चारको माध्ययमबाट जनचेतना फैलाउने हो ।  विभिन्न कार्यक्रमरु मार्फत सचेतनामुलक कार्यहरु गर्ने हो । छेलाम कोष मार्फत कुलुङ भाषाको माध्ययमबाट कार्यक्रम उत्पादन गरि लक्षित समुदायमा सचेतना फैलाउने उद्देश्य रहेको छ । तसर्थ, अब सवैको साझा संस्थाको रुपमा विकास गर्नुछ, सवै यसमा आवद्ध हुनु छ ।


 

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार

छितिज कुलुङको गीत 'छुम्सिवा पोक्तो'

छितिज कुलुङको गीत 'छुम्सिवा